पहिरोले एक सातादेखि भोटखोला जोड्ने उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध — OSNepal

पहिरोले एक सातादेखि भोटखोला जोड्ने उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध

LC (KTM) September 10, 2021 0

संखुवासभा, २५ भदौ – संखुवासभाको भोटखोला गाउँपालिका जोड्ने उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको छ । गत शनिबारबाट भोटखोला जाने उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए ।

पहिरोका कारण सदरमुकाम जोड्ने उक्त सडक खण्ड ६ दिनदेखि अवरुद्ध रहेको पौडेलले बताए । मकालु गाउँपालिका र भोटखोला गाउँपालिको सीमा मकालु–३ हाइटारमा खसेको पहिरो हटाउन पहल भइरहेको पौडेलको भनाइ छ ।

‘अहिले पनि त्यस क्षेत्रमा पहिरो निरन्तर खसिरहेको छ । जसले गर्दा पहिरो हटाउन समस्या छ । पहिरो हटाउन अझै केही दिन लाग्नसक्छ’, उनले भने । दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर गौतमकुमार श्रेष्ठले पहिरो हटाउन तीन वटा स्काभेटरको प्रयोग गरिएको जानकारी दिए । उनले पहिरो खस्ने क्रम अझै नरोकिएकाले समस्या भइरहेको बताए ।

सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँगको सम्बन्ध टुटेको छ । अहिले सदरमुकाम खाँदबारीबाट भोटखोला जाने यातायात मकालु गाउँपालिकाको हेदाङनागढीसम्म मात्र पुग्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर