निजी आवास पुनःनिर्माणका लागि मङ्सिरभित्र अनुदान वितरण गरिने — OSNepal

निजी आवास पुनःनिर्माणका लागि मङ्सिरभित्र अनुदान वितरण गरिने

LC (KTM) September 10, 2021 0

काठमाडौँ, २५ भदौ – भूकम्पपछिको पुनःनिर्माणका क्रममा निजी आवास पुनःनिर्माणका लागि अनुदान वितरण आगामी मङ्सिरभित्र गरिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज प्रतिनिधिसभामा पेश गर्नुभएको आर्थिक अध्यादेश प्रतिस्थापन गर्ने विधेयकमा भूकम्पपछिको पुनःनिर्माणका बाँकी काम मङ्सिरपछि सम्बन्धित मन्त्रालय र विभागमा जाने जानकारी दिनुभयो ।

विषयगत मन्त्रालयमा गएपछि सम्बन्धित विभाग कार्यालयले ती काम गर्नेछन् । भूकम्पपछिको पुनःनिर्माणको काम गर्न स्थापना भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको अवधि आगामी पुस १० गते सकिँदैछ ।(रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर