एमसीसीविरुद्ध प्रदर्शन तिब्र, जनता भन्छन् एमसीसी पारित गरे बर्बाद हुन्छ — OSNepal

एमसीसीविरुद्ध प्रदर्शन तिब्र, जनता भन्छन् एमसीसी पारित गरे बर्बाद हुन्छ

LC (KTM) September 10, 2021 0

रौतहट, २५ भदौ – अमेरिकी सहायता परियोजना मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आईटी आर्मीले प्रदर्शन गरेको छ ।

नेकपा एमालेनिकट आईटी आर्मीको चन्द्रपुर नगर कमिटीले शुक्रवार एमसीसी सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको हो ।राष्ट्रिय स्वाधीनताको रक्षाको लागि एमसीसी सम्झौता खारेज हुनुपर्ने आईटी आर्मीका युवाहरुको माग थियो ।

युवाहरुले महेन्द्र राजमार्गको चन्द्रपुर खण्डमा विरोध प्रदर्शन गरेका हुन् । जिल्ला अध्यक्ष नरेश तुराहाको नेतृत्वमा गरिएको उक्त विरोध कार्यक्रममा ‘राष्ट्रिय स्वाधीनताको रक्षा गर, राष्ट्रघाती एमसीसी फिर्ता गर, देश बेच्न पाइँदैन, एमसीसी चाहिँदैन’ जस्ता नारा लगाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर