काठमाडौँ २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ ।
अहिले चार बजे बस्ने भनिएको स्थायी कमिटिको बैठक अहिले बसिरहेको प्रतिनिधिसभाको बैठकको कारण स्थगित भएको हो ।
अब बैठक भोली शनिबार बिहान नौ बजे बस्ने भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जनाएका छन् ।
असोज ४ ५ र ६ गते हुने विधान महाधिवेशनको तयारी गर्न बोलाइएकोे बैठक संसद बैठकको कारण स्थगित भएको छ ।