अमेरिकाले जहाँ गयो त्यही युद्ध मच्चाएको भन्दै सुवालले भने - बाघले घाँस खान्छ भन्दैमा हामीले पत्याउने ? — OSNepal

अमेरिकाले जहाँ गयो त्यही युद्ध मच्चाएको भन्दै सुवालले भने – बाघले घाँस खान्छ भन्दैमा हामीले पत्याउने ?

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । आज बसेको संसद बैठकमा सांसद प्रेम सुवालले एमसीसी विष हो भन्दै अनुमोद गर्न नहुने बताएका छन् ।

बैठकमा उनले बजेटसम्बन्धी अध्यादेशहरूमा विरोधको सूचना दर्ता गराएसँगै उनले एमसीसी राष्ट्रघाती भएको बताएका छन् ।

अमेरिकाले जहाँ गयो त्यही युद्ध मच्चाएको भन्दै अमेरिकाले जहाँ गएपनि त्यही गर्ने हो भन्दै उनले बैठकमा भने, ‘सभामुख महोदय, अमेरिकाले जहाँ गयो त्यही युद्ध मच्चाएको छ । उसका विरोधी शक्तिहरूलाई तह लगाउन अर्को देशको जमिन उपयोग गर्दै आएकोछ, अन्य देशमा जे गरेको छ, अमेरिकाले यहाँ पनि त्यही गर्ने हो । बाघले घाँस खान्छ भन्दैमा हामीले पत्याउने ?”

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर