कोरोनाका कारण त्रिवि अंग्रेजी विभागका उपप्राध्यापक सुवेदीको निधन — OSNepal

कोरोनाका कारण त्रिवि अंग्रेजी विभागका उपप्राध्यापक सुवेदीको निधन

LC (KTM) May 20, 2021 0

काठमाडौं – त्रिभुवन विश्वविद्यालय अंग्रेजी केन्द्रीय विभाग कीर्तिपुरका उपप्राध्यापक शंकर सुवेदीको निधन भएको छ। उनको कोरोनाका कारण निधन भएको हो । कोरोना संक्रमण देखिएपछि उपचार गराइरहेका उपप्राध्यापक सुवेदीको आज ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
उपप्राध्यापक सुवेदीको निधन भएको विभागीय प्रमुख जीवलाल सापकोटाले बताएका, उनले शंकर सुवेदीको निधनको खबरले आफु मर्माहत र स्तब्ध भएको बताएका छन् ।

यो पनि पढ्नुहोस- रेम्डेसिभिर नेपालमा उत्पादन हुने : कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो । विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको जानकारी दिनुभयो ।

औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको जनाइएको छ । यसअघि नेपालमा सो औषधि भारत र बङ्गलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य करीब रु पाँच हजार पर्छ । नेशनल हेल्थ केयरका उपाध्यक्ष अजय पाण्डेले अनुमति पाइसकेपछि चीनबाट कच्चा पदार्थ ल्याउने तयारी गरिएको जानकारी दिनुभयो । यही जेठ १७ गतेसम्म औषधिका लागि कच्चा पदार्थ ल्याइने र १५ दिनपछि उत्पादन गरेर बजारमा पु¥याइने बताइएको छ ।
(((

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर