राजर्षि जनक विश्वविद्यालयमा लगाइएको ताला कहिले खुल्छ ? — OSNepal

राजर्षि जनक विश्वविद्यालयमा लगाइएको ताला कहिले खुल्छ ?

LC (KTM) September 10, 2021 0

जनकपुरधाम, २५ भदौ – राजर्षि जनक विश्वविद्यालय, केन्द्रीय कार्यालय जनकपुरमा पेपर (कोर्ष) कन्ट्रायक्ट शिक्षकहरूले करारमा नियुक्तिको माग गर्दै गरेको तालाबन्दी अझै खुलेकाे छैन ।

विश्वविद्यालय व्यवस्थापन पक्षले वार्ता गर्ने वातावरण नबनाएपछि ताला नखोल्ने आन्दोलित शिक्षकहरूले अडान लिएका छन् ।

करार नियुक्ति माग्दै उनीहरूले विगत १५ दिनसम्म सांकेतिक आन्दोलन गर्दै आएका थिए । तर विश्वविद्यालयले कुनै चासो नदेखाएपछि उनीहरूले बुधबार उपकुलपति र रजिष्टारको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।

बिहीवार उपकुलपति प्रा. भरत झाले प्रहरीलाई बोलाएर ताला फोडे पनि शिक्षकहरूले पुनः ताला लगाएका छन् । माग पूरा नभएपछि आन्दोलित ३२ जना कोर्ष कन्ट्रायक्ट शिक्षकहरूले तालाबन्दी जारी राख्ने चेतावनी दिएपछि उपकुलपति प्रा. झा छलफल गर्न तयार भएका थिए । तर वार्ता गर्न प्रतिनिधिमै कुरा नमिलेको बताइएको छ ।

उपकुलपति झाले ताला खोलेर वार्ता गर्न भनेपछि आफूहरूले अस्वीकार गरेको कोर्ष कन्ट्रायक्ट शिक्षक संघका सभापति दिलीपकुमार यादवले बताए । कुलपति झाले नै माग पूरा गर्न नचाहेको आरोप आन्दोलित शिक्षकहरूको छ । स्थापनाकालदेखि नै आफूहरू कार्यरत रहेकाले कानुनबमोजिम करारमा नियुक्ति गर्न मिल्ने उनीहरूको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर