इट्टाभट्टामा जिँउदै मान्छे जलाएको आरोपमा नख्खु कारागारमा कैदी जिवन बिताइरहेका आलमको मुद्दा आज शुक्रबार पनि हेर्न नमिल्ने — OSNepal

इट्टाभट्टामा जिँउदै मान्छे जलाएको आरोपमा नख्खु कारागारमा कैदी जिवन बिताइरहेका आलमको मुद्दा आज शुक्रबार पनि हेर्न नमिल्ने

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । नेपाली कांग्रेसका पूर्वमन्त्री मोहमद अफ्ताब आलमको मुद्दा आज शुक्रबार पनि हेर्न नमिल्ने भएको छ ।

रौतहट बम विस्फोटनका मुख्य योजनाकार मानिएका आलम इट्टाभट्टामा जिँउदै मान्छे जलाएको आरोपमा हाल हाल नख्खु कारागारमा कैदी जिवन बिताइरहेका छन् ।

उक्त आलमको रिटमा न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा पेशी चढेको भएपनि न्यायाधीश फुयालले हेर्न नमिल्ने भएपछि आज पनि यस मुद्धाको सुनुवाई नभएको हो ।

थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै आलमले सर्वोच्चमा रिट दायर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर