बाँकेमा २८ वर्षीया महिला सहित १० संक्रमितको मृत्यु — OSNepal

बाँकेमा २८ वर्षीया महिला सहित १० संक्रमितको मृत्यु

LC (KTM) May 20, 2021 0

काठमाडाँै ६ जेठ । बाँकेमा थप १० जना कोरोना संक्रमितको ज्यान गएको छ । जिल्लाको विभिन्न असपतालमा उपचाररत ती संक्रमितको हिजो बुधबार ५ बजे साँझदेखि आज बिहीबार बिहान साढे १ बजेसम्म ज्यान गएको हो । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार ज्यान गुमाउनेमा बाँके र बर्दियाका ४ ४ जना र दाङ र कैलालीका १ १ जना रहेका छन् ।

ज्यान गुमाउनेमा डुडुवा गाउँपालिका-५ बाँकेकी २८ वर्षीया महिला,खजुरा गाउँपालिका-३ बाँकेकै ८५ वर्षीय पुरूष,जानकी गाउँपालिका-३ की ४४ वर्षीया महिला,राप्तिसोनारी गाउँपालिका-६ बाँकेकै ५४ वर्षीय पुरुष,बासगढी नगरपालिका-४ बर्दियाका ४२ वर्षीय पुरूष,बढैयाताल गाउँपालिका-८ बर्दियाका ४५ वर्षीय पुरूष,गुलरिया नगरपालिका-४ बर्दियाकी ६१ वर्षीया महिला, बढैयाताल गाउँपालिका-५का ४० वर्षीय पुरूष,तुलसीपुर उपमहानगरपालिका-३, दाङका ६५ वर्षीय पुरुष,घोडाघोडी नगरपालिका-४, कैलालीका ४५ वर्षीय पुरूष रहेका छन् ।

आजसम्म कोरोना संक्रमणबाट बाँकेमा २ सय ५७ जनाको ज्यान गएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर