एमसीसी पास हुन्न भनेका प्रचण्डले सुमारलाई भने - राजनीतिक दलसँग सहमति गरेर मात्र एमसीसी अगाडि बढाछौँ — OSNepal

एमसीसी पास हुन्न भनेका प्रचण्डले सुमारलाई भने – राजनीतिक दलसँग सहमति गरेर मात्र एमसीसी अगाडि बढाछौँ

LC (KTM) September 10, 2021 0

काठमाडौं २५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनितिक दलहरुबिच छलफल गरे एमसीसीको विषय अगाडी बढाइने बताएका छन् ।

आज शुक्रबार प्रचण्ड निवास खुमलटारमा अमेरिकी सहयोग परियोजना एमसीसीका उपाध्यक्ष फतिमा सुमारको नेतृत्वको प्रतिनिधि मण्डल टोलीसँग भेटवार्ता गर्ने क्रममा यस्तो प्रतिक्रिया दिएका हुन् ।

देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु प्रमुख प्राथमिकता रहेको बताएका प्रचण्डले नेपालमा भएका सबै राजनीति दलहरुसँगको छलफल पछि मात्र निणर्यमा पुगिने बताएका छन् ।

भेटमा उपाध्यक्ष सुमारले आफु एमसीसीको स्थिति बुझ्न आएकाले यस विषयमा नेपाललाई कुनै दवाव सिर्जना नगर्ने समेत स्पष्ट पारेको जनाइएको छ ।

उपाध्यक्ष सुमारको टोली हिजो बिहीबार काठमाडौँ आएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर