सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग मागे देउवाले मन्त्रीहरुको नाम — OSNepal

सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग मागे देउवाले मन्त्रीहरुको नाम

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । आज बिहान बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीहरुको नामावली मागेका छन् ।

सरकारको नेतृत्व गरेको २ महिना पुग्दै लाग्दा पनि सरकारले पुर्णता नपाएपछि आज बसेको शिर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवा दलका सबै नेताहरुसँग मन्त्रीको नाम मागेका हुन् ।

आजको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समानवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलको उपस्थिति रहेको छ ।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष पौडेलले अब छिटो मन्त्रिपरिषदलाई पूर्णता दिनुपर्ने भन्दै गठवन्ध दलले पार्टीमा सल्लाह गरेर मन्त्रीहरु टुंगो लगाउन आग्रह गरेकी छन् ।

हाल सरकारमा चार मन्त्री र एक जना राज्यमन्त्री मात्र रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर