प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दै, प्रतिपक्षी दल एमालेले आज कस्तो भुमिका देखाउँछ ? — OSNepal

प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक आज बस्दै, प्रतिपक्षी दल एमालेले आज कस्तो भुमिका देखाउँछ ?

LC (KTM) September 10, 2021 0

काठमाडौं भदौ २५ । आज दिउँसो १ बजे प्रतिनिधिसभाको नवौँ अधिवेशनको चौथो बैठक बस्ने भएको छ ।

गत भदौ २३ गते बसेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरेपछि बैठक आज बस्ने भन्दै स्थगित गरिएको थियो ।

आज बस्ने संसद बैठकमा आर्थिक, राष्ट्र ऋण उठाउने, विनियोजन लगायत एक दर्जन अध्यादेश पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।

२३ गते बसेको पहिलो, दोस्रो र तेस्रो बैठकमा सभामुख अग्निप्रसाद सापकोटा माथि नारावाजी गर्दै बैठक स्थगित भएको थियो ।

आज बस्ने बैठकमा एमालेले आफ्नो कस्तो भुमिका देखाउँछ यो चासोको विषय बनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर