सङ्खुवासभामा भ्याकलोडर दुर्घटना हुदाँ २४ वर्षीय श्यामको घटनास्थलमै ज्यान गयो — OSNepal

सङ्खुवासभामा भ्याकलोडर दुर्घटना हुदाँ २४ वर्षीय श्यामको घटनास्थलमै ज्यान गयो

LC (KTM) September 10, 2021 0

किमाथाङ्का, २५ भदौ- सङ्खुवासभाको मकालु गाउँपालिका–३ सम्माटारमा भ्याकलोडर दुर्घटनामा सहचालकको मृ त्यु भएको छ । उत्तर–दक्षिण कोशी राजमार्गमा को१क ४१२ नंको भ्याकलोडर दुर्घटना हुदाँ खाँदबारी नगरपालिका–६ का २४ वर्षीय श्याम विकको घटनास्थलमै मृत्यु भएको अस्थायी ट्राफिक प्रहरी कार्यालयका प्रमुख मानबहादुर खत्रीले जानकारी दिनुभयो ।

निर्माणाधीन उत्तर–दक्षिण कोशी राजमार्गको मकालु–३ सम्माटारमा बिहीबार रौता कन्स्ट्रक्शनको भ्याकलोडर दुर्घटना भएको हो । चालक घर बिदामा बसेकाले सहचालक विकले भ्याकलोटर चलाएका थिए । सडकबाट अन्दाजी १०० मिटर तल भ्याकलोडर खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । मृतक सहचालक विक यसअघि ट्र्याकटर चालक थिए । विकको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइँदैछ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर