नेकपा एमालेको सरकारलाई चौतर्फी घेराबन्दी गरी संवैधानिक र असंवैधानिक रुपमा सत्ताबाट हटाइयो — OSNepal

नेकपा एमालेको सरकारलाई चौतर्फी घेराबन्दी गरी संवैधानिक र असंवैधानिक रुपमा सत्ताबाट हटाइयो

LC (KTM) September 10, 2021 0

काठमाडौं भदौ २५ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले एमसीसी पास गरेर देखाउन सत्ता गठवन्धन दललाई चुनौती दिएका छन् ।

आज बिहान एक कार्यक्रममा नेता भट्टराईले आफ्नो पार्टीसँग सरकारले एमसीसीको विषयमा के गर्ने भनेर छलफल समेत नगरेको बताउँदै १६५ सांसदको समर्थन रहेको सरकारले दम्भ देखाएको भन्दै यस्तो चुनौती दिएका हुन् ।

‘एमसीसीको टोलीले हिजो हाम्रा अध्यक्ष केपी शर्मा ओलीसँग भेट्यो । हामीले स्पष्ट रुपमा के भन्यौं भने एमसीसी हामीले गरेको सम्झौता होइन, तर मुलुकको सरकारले गरेको सम्झौता भएकाले त्यसलाई निरन्तरता दिने कोसिस गरेका हौं’ उनले कार्यक्रममा भनेका छन्, ‘अहिले हामी प्रतिपक्षमा छौं । हामीलाई सरकारले एमसीसीबारे के गर्ने भन्नेबारे छलफल पनि गरेको छैन । यसमा धारणा पनि बनाएका छैनौं ।’

सरकारले केही पनि प्रस्ताव ल्याएको छैन । अहिले हामी विपक्षमा छौं । यसमा एमालेलाई अनावश्यक विवादमा तान्नु आवश्यक नभएको समेत उनले कार्यक्रममा बताएका छन् ।

कार्यक्रममा उनले आफ्नो पक्ष अहिले राष्ट्रिय सहमतिको पहल गर्ने हैेसियतमा नभएको भन्दै आफ्नो सरकारलाई चौतर्फी घेराबन्दी गरी संवैधानिक र असंवैधानिक रुपमा सत्ताबाट हटाइएको आरोप समेत लगाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर