काठमाडौं २५ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थायी कमिटिको बैठक बस्ने भएको छ । बैठक आज शुक्रबार अपरान्ह्र चार बजे भएको छ ।
बैठकमा पार्टीको असोज ४, ५ र ६ गते काठमाडौंमा हुने विधान महाधिवेशनको लागि लाथि स्थायी कमिटिका नेताहरुको हरेफेर हुने जनाइएको छ ।
साथै बैठकमा विधान महाधिवेशनका दस्तावेजमाथि छलफल र नेताको कार्यविभाजन हेरफेर हुने समेत केन्द्रीय पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जनाएका छन् ।
विधानमा प्रस्तुत् हुने प्रस्तावमाथि छलफल गरी आवश्यक सुझावसहित केन्द्रिउ कमिटि बैठकमा पेश गर्ने भएको छ । पार्टीको केन्द्रिय कमिटिको बैठक यही असोज १ र २ गते बस्ने भएको छ ।