अहिले ११ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा एमसीसीलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरिँदै — OSNepal

अहिले ११ बजे बस्ने मन्त्रिपरिषद्को बैठकमा एमसीसीलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरिँदै

LC (KTM) September 10, 2021 0

काठमाडौं २५ भदौ । आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ११ बजेर ४५ मिनेट जाँदा बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

आजको मन्त्रिपरिषद्को बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीलाई प्रतिनिधि सभामा लैजाने निर्णय गरिने स्रोतले जनाएको छ ।

अहिले केहि बेर पछि बस्ने सत्तागठवन्धनको बैठकमा एमसीसी संसदबाट पारित गर्ने सहमति जुटेमा मन्त्रिपरिषद्को बैठकबाट निर्णय गरेर प्रतिनिधि सभाको बैठकमा पेश गर्ने बुझिएको छ ।

एमसीसीको प्रगतिबारे बुझ्न एमसीसी उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली बिहीबार काठमाडौं आएको छ । अहिले सुमार अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर