एमसीसी उपाध्यक्ष फातिमा सुमार एमसीसीबारे प्रचण्डलाई विश्वस्त गराउन प्रचण्ड निवास खुमलटार — OSNepal

एमसीसी उपाध्यक्ष फातिमा सुमार एमसीसीबारे प्रचण्डलाई विश्वस्त गराउन प्रचण्ड निवास खुमलटार

LC (KTM) September 10, 2021 0

काठमाडौँ २५ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न एमसीसी उपाध्यक्ष फातिमा सुमार प्रचण्ड निवास खुमलटार पुगेकी छिन् ।

राजनीतिक भेटघाट गर्ने क्रममा एमसीसी भ्रमण टोलिको दोस्रो दिन आज अध्यक्ष प्रचण्डलाई भेट्न फातिमा खुमलटार पुगेकी हुन् । केही बेर अगाडी मात्र खुमलटार पुगेकी फातिमाले अध्यक्ष प्रचण्डसँग एमसीसी पारित गर्न आग्रह गर्नुका साथै प्रचण्डलाई एमसीसीबारे विश्वस्त गराउने बुझिएको छ ।

आजै फातिमाले प्रधानमन्त्री शेबहादुर देउवासँग पनि भेट्ने कार्यक्रम रहेको छ । यस भन्दा अघि उनले एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र डा। बाबुराम भट्टराईसँग भेट गरेकी सकेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर