राजनीतिक दौडधुप तीव्र पारेकी एमसीसी उपाध्यक्ष अझै कति दिन नेपाल बस्छिन् ? — OSNepal

राजनीतिक दौडधुप तीव्र पारेकी एमसीसी उपाध्यक्ष अझै कति दिन नेपाल बस्छिन् ?

LC (KTM) September 10, 2021 0

काठमाडौं । अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसीसीकी उपाध्यक्ष फातिमा सुमार बिहीबार नेपाल आइपुगेकी छिन् । नेपाल आएलगतै उनले राजनीतिक दलका नेताहरूसँग भेटवार्ता सुरु गरेकी छन् । चार दिने नेपाल भ्रमणमा आएकी उनी एमसीसी कार्यान्वयनको अवस्थाबारे बुझ्न आएकी हुन् ।

काठमाडौं आएलगतै एमसीसी उपाध्यक्ष फातिमाले बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । एमसीसी कार्यान्वयनका लागि एमाले पार्टीको सहयोगका लागि ओली निवास बालकोट पुगेर एमसीसीबारे धारणा बुझेकी छन् । परियोजनाबारे ओली र एमसीसीका उपाध्यक्ष फतिमा सुमार, नायब उपाध्यक्ष जोनाथन ब्रक्सलगायतसँग संवाद भएको ओलीको सचिवालयले जनाएको छ ।

भेटमा नेकपा एमाले अध्यक्ष ओलीले सरकारले एमसीसीबारे स्पष्ट कुरा गरेपछि एमालेले आफ्नो धारणा सार्वजनिक गर्ने बताएका छन् । आफ्नो सरकारको पालामा एमसीसी अघि बढाउन प्रयास गर्दा विभिन्न शक्तिकेन्द्रले नदिएको ओलीलाई उद्धत गर्दै एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले बताए ।यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

एमसीसी प्रतिनिधिलाई ओलीले आफू प्रमुख प्रतिपक्षी दल भए पनि सरकारले सो परियोजनलाई अघि बढाउनेबारे छलफल नै नगरेको बताएका थिए । संसद्मा प्रमुख प्रतिपक्षको आवश्यकता महसुस नभएकाले पनि छलफल नगरेको हुन सक्ने भट्टराईले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर