नेपाल पहिलो पटक दिवा-रात्रि खेल खेल्दै — OSNepal

नेपाल पहिलो पटक दिवा-रात्रि खेल खेल्दै

LC (KTM) September 10, 2021 0

काठमाडौं, २५ भदौ – अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटको दोस्रो मैत्रीपूर्ण खेलमा पपुवा न्युगिनीसँग मैदान उत्रदै गर्दा नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोलीले नयाँ अनुभव बटुल्दैछ ।

शुक्रबार ओमानको मस्कटमा नेपाली टोलीले पहिलो पटक एक दिवसीय क्रिकेटमा दिवा-रात्रि खेल खेल्न लागेको हो । यसअघि नेपाली टोलीले टि-ट्वान्टी खेल दिवा-रात्रि खेले पनि एक दिवसीय खेल भने पहिलो पटक खेल्न लागेको हो । खेल नेपाली समय अनुसार अपराह्न सवा ४ बजे सुरु हुनेछ ।

टि-ट्वान्टी खेल दिवा-रात्रि खेलमा दुई विकेटको जित निकालेकाे नेपाल दाेस्राे खेलमा पनि जितकाे लक्ष्यका साथ उत्रनेछ । पहिलो खेलमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिएका थिए भने रोहित पौडेलले सर्वाधिक ४१ रन बनाएका थिए ।

पहिलो खेलमा विक्रम सोबले राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । चोटका कारण उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित विनोद भण्डारी, करण केसीलाई आराम दिइएको थियो । याे खेलमा गुल्सन झाले सोबको स्थान लिँदै डेब्यु गर्न सक्छन् ।

नेपालले पहिलाे पटक एकदिवसिय क्रिकेटमा डे नाइट खेल्न लागेकाे हाे । अन्तिम पटक नेपालले सिङ्गापुरमा जिम्बावेसम्मिलित सिरिजमा डे नाइट खेलेकाे थियाे । तर एकदिवसिय क्रिकेटमा भने पहिलाे पटक खेल्न लागेकाे हाे ।

नेपालले पीएनजीसँगको खेलपछि आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत अमेरीका र ओमानसँग खेल्नेछ । यो प्रतियोगितालाई मुख्य ध्यानमा राखेर नेपालले पिएनजीसँग खेल्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर