उत्तरी मेसेडोनियाको एक अस्पतालमा आगलागी भएको छ । अस्पतालमा आगलागि हुदा १४ जनाको मृत्यु भएको अन्र्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । उक्त अस्पतालमा कोरोना बाट संक्रमित भएकाहरुको उपचार हुँदै आएको थियो ।
सो अस्पताल तेतोभो शहरमा रहेको जनाइएको छ स्थानीय समय अनुसार बुधबार लागेको आगलागी र यसबाट भएको मानवीय क्षतिबारे मेसेडोनियाली अधिकारीले आज मात्र पत्रकार सम्मेलन गरी जानकारी गराएका थिए ।
अस्पतालमा लागेको आगोअग्निनियन्त्रकले आधा घण्टाभित्रै नियन्त्रणमा लिएको थियो । तर पनि आधा घण्टा भित्र १४ जनाको मृत्यु भएको र दर्जनौ घाइते भएका थिए । केही ब्यक्तिको गंभीर अवस्थामा अस्पतालमा उपचार भईरहेको त्यहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।