खेत बाट घाँस काटेर फर्किदै गरेका १५ बर्षिय श्यामसुन्दरको चट्याङ लागेर निधन — OSNepal

खेत बाट घाँस काटेर फर्किदै गरेका १५ बर्षिय श्यामसुन्दरको चट्याङ लागेर निधन

LC (KTM) September 09, 2021 0

रुपन्देहीको मर्चवारमा चट्याङ लागेर एक युवाले ज्यान गुमाएका छन् । मर्चवारी गाउँपालिका वडा नम्बर ३ रायपुर कोमरवाका १५ वर्षिय श्यामसुन्दर यादवको चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी संगै अरू ३ जना पनि घाइते भएका छन्।

श्यामसुन्दर खेतबाट घाँस काटेर घर फर्किरहेको बेला उनलाई चट्याङ लागेको थियो । उनको घटनास्थलमै ज्यान गएको रुपन्देही प्रहरी प्रवक्ता सत्य नारायण थापाले जानकारी दिएका छन्। श्यामसुन्दर संगै हिडिरहेका ११ बर्षका सन्तोष यादव समेत घाईते भएका छन् ।

यसैगरी आजै मर्चवारीकैमाया यादव, इन्द्रावती यादव, गौरी यादव र विश्वनाथ यादव पनि चट्याङ लागेर घाइते भएका छन्। घाइते उनीहरुको भैरहवामा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर