एमसीसीको बिरोध गर्ने दुई अभियन्ता पक्राउ , बृहत् नागरिक आन्दोलनले जनायो आपत्ति — OSNepal

एमसीसीको बिरोध गर्ने दुई अभियन्ता पक्राउ , बृहत् नागरिक आन्दोलनले जनायो आपत्ति

LC (KTM) September 09, 2021 0

यतिबेला एमसीसीले सामाजिक सञ्जालमा माहोल एकदमै तताएको छ । यही बेलामा अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसिसी की उपाध्यक्ष फातिमा सुमारसहितको टोली नेपाल आएर भेटघाटलाई तिब्रता दिईरहेको बेला बिरोधका स्वरहरु पनि उत्तिकै देखिएको छ ।

तर सरकारले एमसीसीको बिरोध गर्ने लाई जेल हाल्ने चेतावनी समेत दिईसकेको छ । यस्तो अवस्थामा पनि बिरोध भने जारी नै रहेको छ । यसैक्रममा एमसीसीको विरोध गर्दै आएका युवा कुमार बर्तौला र निर्ग नवीनलाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरिएको प्रति ‘बृहत् नागरिक आन्दोलन’ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नागरिक आन्दोलनले उनीहरुको पक्राउ बिरोध अभिब्यक्त गर्ने नैसर्गिक संबैधानिक हक बिरुद्ध रहेको जनाएको छ । थापाथली क्याम्पसको क्यान्टिनबाट दुई जना अभियन्ता नवीन र बर्तौलालाई पक्राउ गरिएको प्रति आफ्नो गंभीर ध्यानाकर्षण भएको जनाएको हो ।

‘नागरिकको विरोध अभिव्यक्त गर्ने नैसर्गिक संवैधानिक हक कुनै मित्र राष्ट्रको नाम लिँदैमा संकुचित हुन सक्दैन र यसले अन्ततः हाम्रो लोकतन्त्रको स्तर खस्काउने निश्चित छ,’ बृहत् नागरिक आन्दोलनले भनेको छ। आज सुमार सहितको टोलीले बिभिन्न राजनितीक दलका नेता संग भेटघाट गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर