बंगलादेश र नेपालबीचकाे खेल जारी, राष्ट्रिय टोलीबाट सविताको डेब्यु गोल — OSNepal

बंगलादेश र नेपालबीचकाे खेल जारी, राष्ट्रिय टोलीबाट सविताको डेब्यु गोल

LC (KTM) September 09, 2021 0

काठमाडौं, २४ भदौ । सविता राना मगरले राष्ट्रिय टोलीबाट डेब्यु गोल गरेकी छिन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी पहिलो मैत्रीपूर्ण खेलको १४ मिनेटमा युवा खेलाडी सविताले डेब्यु गोल गरेकी हुन् ।

सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाइन् । सविताले राइट विंकर विमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । सविता यू-१९ टोलीको सदस्य समेत हुन् ।

प्रशिक्षक फिलिप्स ग्यारीले सविता सङै प्रिती राईले डेब्यु गराएका छन् ।

नेपाली टिम

गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा

डिफेण्डर : हिरा भुजेल, गिता राना, अमृता जैशी, पुजा राना

मिडफिल्डर : सविता राना मगर, रेणुका नगरकोटे, दिपा राई, मन्जली कुमारी योञ्जन, विमला चौधरी

स्ट्राइकर : सरु लिम्बु

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर