काठमाडौँको नयाँ बस्तीमा यस्तो अबस्थामा फेला परे उमेश लामा — OSNepal

काठमाडौँको नयाँ बस्तीमा यस्तो अबस्थामा फेला परे उमेश लामा

LC (KTM) September 09, 2021 0

विभिन्न घटनामा संलग्न तीन जनालाई प्रहरीले फरक–फरक स्थानबाट पक्राउ गरेको छ । बैंकिङ कसुरमा दोषी ठहर भई फरार रहेका काठमाडौँको गोकर्णेश्वर बस्ने उमेश लामालाई प्रहरीले काठमाडौँको नयाँ बस्तीबाट पक्राउ गरेको जनाएको छ ।

बैंक खातामा पर्याप्त रकम नभएको जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएका लामालाई बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरी सात दिन कैद र रु ११ लाख जरिवाना हुने सजाय सुनाएको थियो । त्यसपछि फरार रहेका उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । उनलाई आजै फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौँमा बुझाइएको ब्यूरोले जनाएको छ ।

यसैबीच आज काठमाडौँको नागढुङ्गाबाट झण्डै दुई किलो गाँजासहित एक व्यक्ति पक्राउ परेका छन् । धादिङबाट शङ्कास्पदरूपमा पैदलै काठमाडौँ आउँदै गर्दा उनलाई गाँजासहित नागढुङ्गा सुरक्षा चौकीबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धादिङको थाँक्रेका मोतीलाल तामाङ रहेका छन् । उनले बोकेको झोलाभित्र लुकाइराखेको अवस्थामा एक किलो ८०० ग्राम गाँजा फेला पारिएकाले लागुऔषध नियन्त्रण ऐन २०३३ अनुसार अनुसन्धान थालिएको छ ।

यसैबीच धादिङबाट काठमाडौँ आउँदै गरेको बा४ख ४४५० नंको बस जाँच गर्ने क्रममा स्रोत नखुलेको रु ११ लाखसहित एक जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । पक्राउ पर्नेमा भारतका शोविक आदक रहेको र थप अनुसन्धानका लागि उनलाई सम्पत्ति शुद्धिकरण विभाग हरिहरभवन पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर