सहकारीबाट ६२ लाखभन्दा बढी हिनामिना गरेर फरार भएका प्रकाश श्रेष्ठ काभ्रेबाट समातिए — OSNepal

सहकारीबाट ६२ लाखभन्दा बढी हिनामिना गरेर फरार भएका प्रकाश श्रेष्ठ काभ्रेबाट समातिए

LC (KTM) September 09, 2021 0

सहकारीमार्फत रु ६२ लाखभन्दा बढी हिनामिना गरेर फरार भएका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रकाश श्रेष्ठ छन् ।

उनी चौतारा साँगाचोकमा रहेको दीपसिन्धु बचत तथा ऋण सहकारी संस्थामा ६७ जनाबाट सङ्कलित सो रकम अपचलन गरी विसं २०७५ वैशाख १गते फरार भएका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले फरार अभियुक्त श्रेष्ठलाई बुधबार काभ्रेबाट पक्राउ गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर