प्रधानमन्त्री देउवाभन्दा अघि नै ओली भेट्दै एमसीसी उपाध्यक्ष फातिमा — OSNepal

प्रधानमन्त्री देउवाभन्दा अघि नै ओली भेट्दै एमसीसी उपाध्यक्ष फातिमा

LC (KTM) September 09, 2021 0

काठमाडौं, २३ भदौ – चार दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेकी अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) उपाध्यक्ष फातिमा सुमारले एमाले अध्यक्ष केपी ओलीलाई भेट्दै छिन् ।

बिहीबार बिहान काठमाडौं आइपुगेकी फातिमाले ओलीलाई दिउँसो भेट गर्न लागेकी हुन् । ‘एमसीसी उपाध्यक्ष फातिमाले आज दिउँसो २ बजे बालकोटमा ओलीज्यूसँग भेट्ने कार्यक्रम छ’, ओलीका प्रेस संयोजक रामशरण बजगाईंले न्युज कारखानालाई भने ।

ओलीसँगको भेटपछि फातिमाले भोलि शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । ‘उपाध्यक्ष फातिमा र प्रधानमन्त्रीज्यूबीच भोलि भेट्ने कार्यक्रम छ’, प्रधानमन्त्री देउवाका प्रेस सहयोगी गोविन्द परियारले भने, ‘तर, समय तय भइसकेको छैन । भोलि भेट्नु हुन्छ । समय भने आज अबेरसम्ममा तय भइसक्छ ।’

त्योभन्दा अगाडि उनले विपक्षी दलका नेता एवं एमालेकअध्यक्ष ओलीसँग भेट गर्ने कार्यतालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर