घर माथिबाट पहिरो झर्ने डरले रातभर सुत्न सकेका छैनन् मेलम्चीका दनुवार — OSNepal

घर माथिबाट पहिरो झर्ने डरले रातभर सुत्न सकेका छैनन् मेलम्चीका दनुवार

LC (KTM) September 09, 2021 0

लगातारको वर्षाले मेलम्ची–११ दनुवार गाउँमा गएको पहिरो । बस्ती माथिबाट पहिरो झर्ने डरले रातभर सुत्न नसकेको दनुवार बताउँछन् । पहिरो बढ्दै जाँदा घटेर टोल जोखिमा पर्ने भएकाले पहिरो रोक्न प्रयास गरी दिन स्थानीय सरकारलाई स्थानीयवासीले आग्रह गरेका छन् ।

विपन्न बालबालिकालाई खाद्यान्न वितरण-यहाँका चार स्थानीय तहका विभिन्न क्षेत्रमा रहेका २२३ विपन्न बालबालिकालाई रु सात लाख २० हजार २२८ को खाद्यान्न सहयोग गरिएको छ । समान पहुँच विकास केन्द्र (सिड) नेपाल र वल्र्डभिजनको साझेदारीमा सञ्चालित बाल संरक्षण तथा बाल स्पोन्सरसीप परियोजनाअन्तर्गत जोखिममा रहेका विपन्न परिवारमा दर्ता भएका बालबालिकालाई खाद्यान्न सामग्री वितरण गरिएको हो ।

अतिजोखिम, विपन्न परिवार र समस्यामा परेका बालबालिकाको जीवनस्तर, खाद्यान्नमा राहत तथा सहयोग पुग्ने उद्देश्यले सो सामाग्री वितरण गरिएको समान पहुँच विकास केन्द्र (सिड) नेपालले जनाएको छ । दिपायल सिलगढी नगरपालिका–२ मा २०, सायल गाउँपालिका–६ मेल्लेकमा २०, पूर्वीचौकी गाउँपालिकाका–१ खिरसैनमा २०, वडा नं २ बगलेकमा २० र वडा नं ३ साजघाटमा १८ जनालाई खाद्यान्न सामग्री वितरण गरिएको छ ।

यस्तै आदर्श गाउँपालिका–१ मा ३५, वडा नं २ मा ३०, वडा नं ५ मा ३० र वडा नं ७ मा ३० जनालाई गरी जम्मा २२३ लाई खाद्यान्नसहित राहत सामग्री वितरण गरिएको सिड नेपालका वित्त तथा प्रशासन अधिकृत डम्मरसिंह कुडमालले जानकारी दिनुभयो । उहाँका अनुसार विपन्न बालबालिकालाई प्रतिव्यक्ति ३० किलो चामल, तीन किलो दाल, चार प्याकेट नुन, दुई किलो चिनी, दुई लिटर तेल र चार नुहाउने साबुन प्रदान गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर