एमसिसी उपाध्यक्षकाे भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा — OSNepal

एमसिसी उपाध्यक्षकाे भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा

LC (KTM) September 09, 2021 0

काठमाडौं, २४ भदौ – राजधानी काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) उपाध्यक्ष फतिमा सुमारको नेपाल भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था कडा पारिएको हो । उनी कतारबाट आज काठमाडौं आउँदैछिन् ।

नेपालमा एमसिसीको विरोधसमेत भइरहेको र सुमारको भ्रमणमा विरोध प्रदर्शन हुनसक्ने आँकलन गर्दै स्थानीय प्रशासनले सुरक्षा व्यवस्थ कडा पारेको हो । महानगरीय प्रहरी कार्यालय रानीपोखरीक प्रवक्ता प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले पनि सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

सुमार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मेरिट होटल जाने कार्यक्रम छ । उक्त रुटमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति छ ।
सुमारले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ । त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारलाई प्रवेशमा कडाइ गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर