प्रहरीलाई नै झुक्याएर भागेका दुई थुनुवा युकव भक्तपुरबाट समातिए — OSNepal

प्रहरीलाई नै झुक्याएर भागेका दुई थुनुवा युकव भक्तपुरबाट समातिए

LC (KTM) September 09, 2021 0

दुई हप्ताअघि वकपत्रका लागि जिल्ला अदालत धुलिखेल लैजाँदा प्रहरीलाई झुक्याएर परिसरबाटै भागेका थुनुवालाई पक्राउ गरिएको छ । चोरी, डाँका मुद्दामा संलग्न भई जिल्ला कारागार धुुलिखेलमा रहेका खानीखोला गाउँपालिका–६ का सुनिल वाइवालाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही भदौ ९ गते अदालत परिसरबाट भागेका थुनुवा वाइवा काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा साँगासम्म हिँडेर त्यहाँबाट गाडी चढी भक्तपुरतर्फ गएको अनुसन्धानबाट खुलेको प्रहरीद्वारा आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार लुकीछिपी भक्तपुर बसेका वाइवालाई मदिरा खरिद गर्ने भनी ठगी गरिरहेको अवस्थामा थिमि प्रहरीले पक्राउ गरेको हो ।

साथी मनिष श्रेष्ठलाई फोन गरेपछि श्रेष्ठको फोन ‘ट्रयाकिङ’ गरी वाइवालाई पक्रन प्रहरी सफल भएको थियो । वाइवालाई पक्राउ गर्न सीमानाका तथा उनका आफन्त रहेको २ नं प्रदेशस्थित घरमा समेत निगरानी बढाइएको प्रहरीले जनायो । वाइवालाई थिमि प्रहरीले ठगी तथा आपराधिक विश्वासघातमा मुद्दा चलाएको छ ।

उक्त मुद्दा किनारा लागेलगत्तै थिमि प्रहरीले काभ्रेपलाञ्चोक प्रहरीलाई बुझाएपछि मात्रै थप कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई आजै सनाखतका लागि काभ्रेपलाञ्चोक कारागार ल्याइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर