यि हुन् पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका १७ जिल्ला — OSNepal

यि हुन् पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका १७ जिल्ला

LC (KTM) September 08, 2021 0

देशभर आज एक हजार ६४० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार विगत २४ घण्टामा १३ हजार ४५५ मा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण देखिएको हो ।

सक्रिय सङ्क्रमित २९ हजार ४७९ छन् । पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला १७ छन् । आज दुई हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सात लाख ३३ हजार १६१ जना सङ्क्रमणमुक्त भएका छन् ।

सो अवधिमा १० जनाको मृत्यु भएको छ । यस अवधिसम्म १० हजार ८८९ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । नेपालमा प्रति दश लाखमा ३६७ जनाको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर