नेपालमा कोरोना संक्रमढा साँच्चिकै घटेको होकी घटाइएको हो ? — OSNepal

नेपालमा कोरोना संक्रमढा साँच्चिकै घटेको होकी घटाइएको हो ?

LC (KTM) September 08, 2021 0

काठमाडौं, २३ भदौ – कोभिड १९ संक्रमण आज एक हजार ६४० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार पछिल्लो २४ घण्टामा १३ हजार ४५५ जनामा परीक्षण गर्दा एक हजार ६४० जनामा संक्रमण देखिएको हो ।

पछिल्लो तथ्यांकले नेपालमा संक्रमण दर घटेको देखाएको छ । नेपालमा संक्रमणको दर १९.४ प्रतिशत पुगेको छ । यसअघि १९.५ प्रतिशत रहेको थियो । सक्रिय संक्रमित २९ हजार ४७९ जना रहेका छन् । ५०० भन्दा बढी संक्रमित भएका जिल्ला १७ रहेका छन् ।

यस्तै संक्रमणबाट निको भई आज दुई हजार १६१ जना घर फर्किएका छन् । अहिलेसम्म सात लाख ३३ हजार १६१ जना निको भई घर फर्किएका हुन् । नेपालमा निको हुने दर ९४ दशमलव ८ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १० जनाको ज्यान गएको छ । अहिलेसम्म १० हजार ८८९ जनाको संक्रमणबाट ज्यान गएको छ । नेपालमा प्रतिदश लाखमा ३६७ जनाको संक्रमणको कारणले निधन हुने गरेको छ ।

यस्तै ४८८ जना सघन उपचार कक्ष (आईसीयू), १४० जना भेन्टिलेटर, २७ हजार ६९० जना होम आइसोलेसन, एक हजार ७८९ जना संस्थागत आइसोलेसन र २५६ जना क्वारेन्टिनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर