माधव नेपाललाई यति ठूलो धोका — OSNepal

माधव नेपाललाई यति ठूलो धोका

LC (KTM) September 08, 2021 0

धनगढी, २३ भदौ । कन्चनपुरमा नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका तीन जना जनप्रतिनिधिले पुनः एमालेमा नै बस्ने घोषणा गरेका छन् । बुधबार प्रेस विज्ञप्ति जारी गर्दै उन‍ीहरूले एमालेमा नै बस्ने बताएका हुन् ।

एमालेमा फर्किने जनप्रतिनिधिहरूमा जिल्ला समन्वय समिति सदस्य डिट्ठा राना, लालझाडी गाउँ पालिका वडा नम्बर-३ का वडा सदस्य भगतराम चौधरी र शान्ती कामी रहेका छन् ।

तीनै जनाले एकीकृत समाजवादीका पक्षमा स्नाखत गरेको भए पनि आफूहरू एमालेमै रहेको विज्ञप्तीमार्फत जनाएका हुन् । उनीहरूले निर्वाचित पद रहे पनि नरहे पनि एमाले नछोड्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर