नेता गुरुङको आग्रह : प्रधानमन्त्री ज्यु भ्रष्टहरुलाई जिम्मेवारी नदिनुस् — OSNepal

नेता गुरुङको आग्रह : प्रधानमन्त्री ज्यु भ्रष्टहरुलाई जिम्मेवारी नदिनुस्

LC (KTM) September 08, 2021 0

काठमाडौं २३ भदौ । नेपाली कांग्रेसका नेता तथा पूर्व सभासद धनराज गुरुङले नव नियुक्त सदस्य सचिवलाई तुरुन्त हटाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेका छन् ।

नेता गुरुङले ट्वीटर मार्फत पशुपतिनाथमा चढाएको सुनको जलहरी काण्डमा मुछिएर अख्तियारले अनुसन्धानको दायरामा राखेको पशुपति क्षेत्र विकास कोषको निवर्तमान कोषाध्यक्षलाई सदस्य सचिवमा पदोन्नति नियुक्ति गर्नु लगत भएको भन्दै देउवालाई यस्तो आग्रह गरेका हुन् ।

उनले भनेका छन्,’सम्माननीय प्रधानमन्त्री देउवा ज्यु! पशुपतिनाथमा चढाएको सुनको जलहरी काण्डमा मुछिएर अख्तियारले अनुसन्धानको दायरामा राखेको पशुपति क्षेत्र विकास कोषको निवर्तमान कोषाध्यक्षलाई सदस्य सचिवमा पदोन्नति नियुक्ति गर्नु गलत। नव नियुक्त सदस्य सचिवलाई तुरुन्त हटाउनुस्। भ्रष्टहरुलाई जिम्मेवारी नदिनुस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर