सभामुखको व्यवहार मुर्दावाद भन्दै नेकपा एमाले सांसदहरुले गरे वेल घेराउ — OSNepal

सभामुखको व्यवहार मुर्दावाद भन्दै नेकपा एमाले सांसदहरुले गरे वेल घेराउ

LC (KTM) September 08, 2021 0

काठमाडौँ २३ भदौ । प्रमुख विपक्षी नेकपा एमालेले संसद भवन भित्रै सभामुखअगिन्प्रसाद सापकोटा विरुद्ध नारावाजी गरेका छन् ।

आफ्नो पार्टीले कारवाही गरेका माधव नेपाल सहित १४ जना सांसदलाई कारवाही गरेको सुचना नटाँसेको भन्दै संसद भवन भित्रै उमालेले विरोध प्रदर्शन गरेका हुन् ।

पार्टी फुटिसकेपछि केही गर्नु नपर्ने भनेर निर्णय गरेको भन्दै सापेकाटा माथि आक्रोश पोखको छन् । उनीहरुले वेल घेराउ गरेगर्दै सभामुखको व्यवहार मुर्दावाद, सभामुखको आसनमा बसेर पार्टी फुटाउने षड्यन्त्र गर्न पाइँदै नारा लगाएका छन् ।

नेकपा एमालेले कारबाही गरेका सांसदहरुलाई बचाउन र नेकपा एमाले टुक्र्याउन किन सारथि भुमिका खेलेको भन्दै समामुख माथि एमाले सांसदले ंनारापछि गरेपछि संसद बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर