संसद बैठक सुरु भएलगत्तै नेकपा एमालेबाट बैठक अवरुद्ध — OSNepal

संसद बैठक सुरु भएलगत्तै नेकपा एमालेबाट बैठक अवरुद्ध

LC (KTM) September 08, 2021 0

काठमाडौं २३ भदौ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद अधिवेशन अवरोध गरेका छन् । सभामुख अग्निप्रसाद सापकोटाले संसद बैठक सुरु गर्दा एमालेबाट विरोध प्रदर्शन भएको हो ।

त्यस लगत्तै सभामुख सापकोटाले प्रतिपक्षका प्रमुख सचेतक विशाल भट्टराईलाई बोल्ने समय दिएका छन् । संसदमा सापकोटालाई नै प्रश्न गर्दै नेता भट्टराईले आफ्नो पार्टीले करावाही गरेको माधव नेपाल लगायतका १४ जना सांसदको कारवाही गरेको सुचना किन नटासेको भन्दै आक्रोश पोखेका छन् ।

भट्टराईको अभिव्यक्ति पछि सापकोटाले संसदलाई अगाडी बढाउन खोज्दा पनि एमालेले संसदमा होहल्ला गरेको छ । जसले गर्दा १५ मिनेट बैठक रोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर