हेटौंडा २३ भदौ । अल्पमतमा परेकी बागमती प्रदेशकी मुख्मन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गरेकी छन् । आज बुधबार मुख्यमन्त्री शाक्यले प्रदेशमा ७ मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरेकी हुन् ।
जसमा केशव खड्का भौतिक पूर्वाधार विकास मन्त्री,डा। अजय क्रान्ति शाक्यलाई आन्तरिक मामिला तथा कानून मन्त्री,रचना खड्का आर्थिक मामिला तथा योजना मन्त्री,विजय सुवेदी सामाजिक विकास मन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका छन् ।
त्यस्तै, राज्यमन्त्रीमा जीवन खड्का भौतिक पूर्वाधार विकास राज्यमन्त्री ,सरस्वती बाटी उद्योग राज्मन्त्री,जुनेली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र बद्री मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्मन्त्रीमा नियुक्त भएका छन् । नवनियुक्त ७ मन्त्री र ४ जना राज्मन्त्रीले आज नै सपथ लिएका छन् ।