चितवन जिल्लाका नेकपा एमाले ३६ जनप्रतिनिधिले दिए नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई साथ — OSNepal

चितवन जिल्लाका नेकपा एमाले ३६ जनप्रतिनिधिले दिए नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई साथ

LC (KTM) September 08, 2021 0

चितवन २३ भदौ । चितवन जिल्लाका नेकपा ९एमाले० पार्टी परित्याग गरी ३६ जनप्रतिनिधि नेकपा ९एकीकृत समाजवादी० मा प्रवेश गरेका छन् ।

३०९ जनप्रतिनिधि रहेको चितवन जिल्लामा ३६ जनाले नेकपा एस पार्टी रोजेका हुन् । नयाँ पार्टीका लागि दल रोज्नेमा माडीका तीन, राप्तीका दुई, रत्ननगर नगरपालिकाका १६ तथा भरतपुर महानगरपालिकाका १५ जनप्रतिनिधि रहेका छन् ।

जसमा माडी र राप्तीका एक एक वडाध्यक्ष, रत्ननगरका चार वडाध्यक्ष र भरतपुरका पाँच वडाध्यक्ष तथा अन्य वडा सदस्य रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर