काठमाडौं २३ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक लगानी बढाउन सरकार सकारात्मक भएको बताएका छन् ।
आज बुधबार लगानी बोर्डको दसौं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय प्राथमिकताका योजनाहरुमा लगानीको वातावरण बनाउन सरकार तयार रहेको बताएका हुन् ।
उनले भने,‘लगानीका लागि अवरोध आएमा सरकार सहजीकरण गर्न तयार छ । नेपालकै पुँजीले मात्र देशको विकास गर्न सकिदैन ’ देउवाले भने ।
बैदेशिक लगानीका गर्न सबै लगानीकर्तालाई समेत आह्रान गरेका देउवाले दिगो विकासको लक्ष्य प्राप्तिका लागि राष्ट्रिय प्राथमिकताको योजना र क्षेत्रहरुमा लगानी बढाउनुपर्ने समेत बताएका छन् ।