काठमाडौँ २३ भदौ । आज सुरु हुने भनिएको संसद बैठकमा आफ्नो भुमिकाको विषयमा छलफल गर्न माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी को संसदीय दलको बैठक बस्ने भएको छ ।
पार्टीले मान्यता पाएसँगै आज पहिलो पटक नेकपा एसको संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठक अब केहि बेरमा संसद भवनको ल्होत्से हलमा सुरु हुने भएको छ । नयाँ पार्टीको अध्यक्ष बनेका नेपाल एमालेबाट छुटिएपछि पहिलो संसद बैठकमा सहभागी हुने भएका हुन् ।