अध्यादेशमार्फत एमाले फुटाउने काम गरेको सत्तागठवन्धन सरकार अपराधिक गठबन्धन भएको ओलीको आरोप — OSNepal

अध्यादेशमार्फत एमाले फुटाउने काम गरेको सत्तागठवन्धन सरकार अपराधिक गठबन्धन भएको ओलीको आरोप

LC (KTM) September 08, 2021 0

काठमाडौं २३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तागठवन्धन दललाई अपराधिक गठबन्धन भनेका छन् ।

आज बुधबार बसेको संसदीय दलको बैठकमा ओलीले सत्तागठवन्धनलाई प्रश्न गदै ‘अपराधिक गठबन्धन, असंसदीय गठबन्धन एमाले पार्टी फुटाउनलाई मात्र बनेको
आरोप लगाएका हुन् ।

परमादेशबाट बनेको यो सरकार जनताप्रति कुनै जवाफ देहि नभएको समेत बताएका उनले कार्यक्रममा भने, ‘हामी प्रमुख प्रतिपक्षमा गयौं ठूलो कुरा होइन, हाम्रो पार्टी फुटाइयो, त्यो ठूलो कुरा होइन, यो तत्कालिन कुरा हो,’हाम्रा विरुद्द षडयन्त्र भईरहेको छ । एउटा, दुईटा घटनामा होइन, निरन्तर एक वर्ष अगाडी देखि षडायन्त्र जारी छ । तर हामीले लोकतान्त्रिक मूल्य मान्यताको रक्षा गरेर जानुपर्छ । ’

अरु पार्टीले ह्वीप जारी गर्न पाउने, एमालेले नपाउने, अरुले पार्टीले कारवाही गर्न सिफारिस गर्दा सोझै निश्कासन गर्न पाउने, एमालेले नपाउने, हाम्रा पार्टी विरुद्धमा षडायन्त्र छ । पार्टी फुटाउनका लागि धेरै ठाउमा षडायन्त्र भएको छ’ ओलीले भने ।

अध्यादेशमार्फत एमाले फुटाउने काम भएको बताएका उनले बैठकमा अघि भने, ‘छापामार शैली, गुरिल्ला पारामा संसद अन्त्य गर्ने र धोकापूर्ण ढंगले संसद अन्त्य गर्ने र भोलिपल्ट अध्यादेशमार्फत पार्टी विभाजन ल्याइयो, कानुन संसदले बनाउने हो, तर संसद अन्त्य गरेर अध्यादेश ल्याउने काम गरिएको छ, संसद अधिवेशन चालु छ, तर मध्यरातमा संसद अन्त्य गरेर भोलिपल्ट विहानै अध्यादेश जारी गर्ने र एमाले विरुद्ध षड्यन्त्र गर्ने काम भयो’।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर