चार्टर उडानमा नेपालीले पनि विदेश जान पाउने — OSNepal

चार्टर उडानमा नेपालीले पनि विदेश जान पाउने

LC (KTM) May 20, 2021 0

काठमाडौँ -चार्टर उडानमा नेपालीले पनि विदेश जान पाउने भएका छन् । निषेधाज्ञामा भारतीयलगायत तेस्रो मुलुकका विदेशीहरुका लागि खुला गरिएका चार्टर उडानमा नेपालीले पनि विदेश जान पाउने भएका हुन् ।मन्त्रालयले पत्र लेख्दै भनेको छ ।बुधबार साँझ अध्यागमन विभाग र नागरिक उड्डयन प्राधिकरणलाई पठाएको छ ।

‘नियममित उडान नभएको वर्तमान अवस्थामा चार्टर उडान गर्ने अनुमति प्राप्त उडानहरुमा विदेशी नागरिक र नेपाली नागरिकसमेत सबैलाई विदेश प्रस्थानको अनुमति प्रदान गर्ने भनी वैशाख २९ गते माननीय मन्त्रीस्तरमा निर्णय भएको हुँदा सोहीअनुसार आवश्यक कायार्थ आदेशानुसार अनुरोध छ,’ ।

यस्तो निर्ण ले अब नेपालमा बिदामा आएका विद्यार्थी तथा विभिन्न मुलुकमा काम गर्ने कामदारलगायत नेपाली राहदानी भएकाले चार्टर उडानमा विदेश जान पाउने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर