माधव नेपाल सहित पार्टीले कारवाही गरिको १४ सांसद आए संसद चल्न नदिने नेकपा एमालेको निणर्य — OSNepal

माधव नेपाल सहित पार्टीले कारवाही गरिको १४ सांसद आए संसद चल्न नदिने नेकपा एमालेको निणर्य

LC (KTM) September 08, 2021 0

काठमाडौँ २३ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज संसद चल्न नदिने भएको छ । एमालेको आज बसेको संसदीय दलको बैठकमा पार्टीले कारवाही गरेको माधव नेपाल सहित १४ जना सांसद संसदमा सहभागी भए संसद चल्न नदिने निणर्य गरेका हुन् ।
पार्टीले कारवाही गरेका सांसद संसदमा उपस्थित भए गैरकानुनी हुने बताएका अध्यक्ष केपी ओलीले नियमावलीअनुसार गैरसंसदको उपस्थितिमा संसद चल्न सक्दैन । हामीले साउन २५ गते नै निस्कासन गरेका व्यक्तिहरु उपस्थित हुन्छन् भने हामी कसरी सहभागी हुन सक्छौं ? भन्दै प्रश्न गरेका छन् ।

‘यो संसद जनताको काम गर्नका लागि शुरु नगरेकोले एउटा अपराधिक योजना सफल बनाउनका लागि बोलाईएकोले यो संसद चल्दैन’ ओलीले भने ।

लेखराज भट्ट टोपवहादुर रायमाझी, प्रभु शाहलाई पनि कारवाही रोकेर वैठकमा सहभागी हुन दिने भए अर्को कुरा नत्र कसरी गैह सांसदका सहभागी वैठक चल्न दिन सकिन्छ भन्दै ओलीले राष्टिपति कार्यालयवाट आएको पत्र पढेर सुनाउने वित्तिकै एमालेले विरोध गर्ने बैठकमा बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर