एमसीसीको प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको अध्यक्ष प्रचण्डको आरोप — OSNepal

एमसीसीको प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको अध्यक्ष प्रचण्डको आरोप

LC (KTM) September 08, 2021 0

काठमाडौं २३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धनलाई तोड्ने र प्रतिक्रान्तिलाई निरन्तर अगाडि बढाउने षडयन्त्र भइरहेको बताएका छन् ।

आज पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले एमसीसी प्रयोग गरेर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको आरोप लगाएका हुन् ।

देशभित्र र देशबाहिर सत्ता गठबन्धन फुटाउने षडयन्त्र भइरहेको बताएका प्रचण्डले माओवादीहरुलाई घेरा हालेर सिध्याउने षडयन्त्र समेत भइरहेको आरोप लगाएका छन् ।

‘यो गठबन्धन तोड्ने षडयन्त्र पनि भइरहेको छ, देशभित्रबाट पनि देश बाहिरबाट पनि । एमसीसी प्रयोग गरेर यसलाई फुटाउन सकिन्छ कि भनेर एकथरि लागिरहेका छन् ’ कार्यक्रमलाई सम्बोधन गर्ने अध्यक्ष प्रचण्डले भने ।

आफुले भने गठबन्धन जोगाउन र देशलाई क्षति नहुने गरी एमसीसीको समाधान गर्न चाहेको अध्यक्ष प्रचण्डले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर