नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेका एक पक्राउ — OSNepal

नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेका एक पक्राउ

Kesh Karki (USA) September 08, 2021 0

नक्कली कागजात बनाउने कार्यमा संलग्न रहेका आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कुपण्डोलस्थित यूएन पार्कबाट बागलुङ बाँडगार्ड गाउँपालिका बस्ने ३२ वर्षीय युद्धबहादुर केसीलाई हालै पक्राउ गरिएको प्रहरी परिसर ललितपुरले जनाएको छ । उनले नेपाल फार्मेसी काउन्सिलमा दर्ता भएको नक्कली लाइसेन्स, नक्कली कागजातलगायतका विभिन्न नक्कली प्रमाणपत्र बनाउने कार्यमा संलग्न रहेको प्रहरीको आरोप छ ।केसीलाई लिखतसम्बन्धी कसुरमा जिल्ला अदालत पाटनबाट सात दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर