काठमाडौं २३ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीलाई क्रान्तिकारी बनाईराख्न पार्टी केन्द्रले बल गरिरहेको बताएका छन् ।
माओवादी जनयुद्दका क्रममा मारिएका उपल्लो स्तरका नेता शुरेश वाग्लेको २२ औं स्मृति दिवसका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष प्रचण्डले पार्टीलाई संसदीय पार्टी बन्न नदिन बल गरिरहेको बताएका हुन् ।
पार्टीलाई ‘रुपान्तरण नै हुन नचाहने हो भने माओवादी पार्टी किन चाहियो, विघटन गरिदिए भईहाल्यो नी भन्दै प्रचण्डले अघि भने , ‘हाम्रा आफ्नै मूल्य÷मान्यता छन्, संविधानमा हामीले आफना असहमति दर्ज गरेरै गएका छौं, त्यसमा अडिने, पार्टीमा वलिदान गर्ने नेता कार्यकर्ता र हजारौं वेपत्ता, अंगभंग योदाहरुको सम्मान गर्ने गरी पार्टीलाई अझैं क्रान्तिकारी बनाईराख्न जरुरी छ । त्यसका लागि बल प्रयोग गरेरै रुपान्त्रण गर्न खोजिएको छ ।’
गुट बनाउने र पैसा प्राप्ति गर्ने भए एमालेमै जाँदा हुने बताएका प्रचण्डले क्रान्ति गर्छौं भन्ने अनि प्रतिक्रान्ति गर्ने र जनतालाई धोका दिनुभन्दा त विघटन गरे नि हुने बताएका हुन् ।