कोरोना संक्रमणबाट महानगरीय प्रहरी परिसरका डिएसपी केसीको निधन — OSNepal

कोरोना संक्रमणबाट महानगरीय प्रहरी परिसरका डिएसपी केसीको निधन

LC (KTM) May 20, 2021 0

काठमाडौँ – नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक ९डिएसपी० राजकुमार केसीको कोरोनाका कारण निधन भएको छ ।कोरोना संक्रमणका कारण केसीको उपचारका क्रममा निधन भएको बताइएको छ ।सी पछिल्लो समय महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए ।कोरोना संक्रमण देखिएपछि केसीलाई महराजगञ्जस्थित प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।

तर उपचारकै उहाँको बुधबार राति मृत्यु भएको हो । केसीलाई दुई हप्ताअघि कोरोना संक्रमण पुष्टि भएको थियो । स्वास्थ्यमा समस्या देखिएपछि उहाँलाई प्रहरी अस्पतालमा भर्ना गरिएको थियो । केसीले संगठनभित्र भित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको छवि बनाएका थिए ।उनी कागेश्वरी मनोहरा नगरपालिका मूलपानी स्थायी घर भएका व्यक्ति हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर