विश्वकप छनोट : ग्रिजम्यान चम्किँदा फ्रान्सले फिनल्याण्डलाई हरायो — OSNepal

विश्वकप छनोट : ग्रिजम्यान चम्किँदा फ्रान्सले फिनल्याण्डलाई हरायो

LC (KTM) September 08, 2021 0

काठमाडौं, २३ भदौ – कतार फिफा विश्वकप छनोट अन्तर्गत युरोपेली छनोट खेलमा साविक विजेता फ्रान्सले स्ट्राइकर एन्टोइन ग्रिजम्यानको दुई गोल सहयोगमा सहज जित निकालेको छ ।

मंगलबार राति घरेलु मैदानमा भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेको हो । फ्रान्सको जितमा दुबै गोल एन्टोइन ग्रिजम्यानले गरे । उनले २५ र ५३ मिनेटमा गोल गरेका थिए ।

यस्तै राति नै भएको समूह ‘डी’को खेलमा बोस्निया हर्जगोभिना र काजखस्तानले २-२ गोलको बराबरी खेले ।

समूह ‘डि’मा ६ खेलबाट १२ अंक बनाएको फ्रान्स शीर्ष स्थानमा छ । समान पाँच खेलबाट पाँच अंक बनाएका युक्रेन र फिनल्यान्डको समान पाँच अंक रहँदा क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् । तीन अंक बनाएका बोस्निया र काजखस्तान क्रमश: चौथो र पाँचौ स्थानमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर