डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरमा लुटपाट — OSNepal

डेढ महिने शिशुको टाउकोमा पेस्तोल ताकेर घरमा लुटपाट

LC (KTM) September 07, 2021 0

रौतहट, २२ भदौ-दुर्गा भगवती ३ मत्सरीमा मंगलवार बिहान एकघरमा लुटपाट भएको छ। मत्सरीका सरोजानन्द झाको घरमा बिहान २ देखि ३ बजेको बीचमा लुटपाट भएको स्थानीयले बताएका छन् ।

मास्क लगाएर आएका ९/१० जनाको संख्यामा रहेको समूहले लुटेको हो । घरमा झा कि श्रीमती, बुहारी र सानो नाती रहेको बताइएको छ । लुटेराले डेढ महिनाको शिशुको टाउकोमा पेस्तोल तेर्स्याएर हल्ला गरे गोली हान्ने धम्की दिँदै एक घण्टाभन्दा बढी समय कब्जामा लिएर लुटपाट गरेको पीडितले बताएका छन् ।

पीडित झाका अनुसार ५ लाख बराबरको नगद तथा गरगहना लुटेका छन् । झाका छोराहरु काठमाडौंमा रहेका बेला घरमा लुटपाट भएको हो ।

छोराहरुको कोठामा रहेको नगद र गरगहना कति थियो लुटिएको वा नलुटिएको उनीहरु आएपछि थाहा हुने परिवारका सदस्यहरुले बताएको प्रहरीले जनाएको छ ।घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर