आज काठमाडौं उपत्यकामा ह्वात्तै घट्यो संक्रमितको संख्या — OSNepal

आज काठमाडौं उपत्यकामा ह्वात्तै घट्यो संक्रमितको संख्या

LC (KTM) September 07, 2021 0

काठमाडौँ २२ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १ हजार ६७७ जनाा संक्रमण पुष्टि भएको हो ।

जसमा काठमाडौं उपत्यकामा मंगलबार ५१९ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा काठमाडौंमा ३६४ जना, भक्तपुरमा ६६ र ललितपुरमा ८९ छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने २१ जना संक्रमितले भने ज्यान गुमाएका छन् ।

त्यसैगरी, १० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २८ जना कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर