आज थप २ हजार ७२ जना कोरोना संक्रमणमुक्त हुँदा २१ संक्रमितको भने ज्यान गयो — OSNepal

आज थप २ हजार ७२ जना कोरोना संक्रमणमुक्त हुँदा २१ संक्रमितको भने ज्यान गयो

LC (KTM) September 07, 2021 0

काठमाडौँ २२ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ११ हजार १११ जनामा गरिएको पीसीआर परीक्षणमा १,४२३ जना र ३,९२३ जनामा गरिएको एन्टिजेन परीक्षणमा २५४ जना गरी १ हजार ६७७ जनाा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । भने २१ जना संक्रमितले भने ज्यान गुमाएका छन् ।

त्यसैगरी, १० वर्ष मुनिका २७ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय २८ जना कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर